दफा ५२च
जग्गाको स्वामित्व र्‌ भोग सम्बन्धमा समस्या समाधान गर्नेः
(१) यो दफा प्रारम्भ हुनु अघि नेपाल सरकारको निर्णय बमोजिम गठन भएको आयोगले सरकारी तथा सार्वजनिक जग्गा संरक्षण सम्बन्धमा दिएको सुझाव अनुसार रोक्का भएका जग्गाहरुको स्वामित्व र रोक्का फुकृवाको सम्बन्धमा छानबिन गरी त्यस्ता समस्या समाधानको लागि आवश्यक सिफारिश गर्न मन्त्रालयले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी समिति बा कार्यदल गठन गर्न सक्नेछ ।

(२) उपदफा (१) बमोजिमको समिति वा कार्यदलले दिएको सिफारिशको आधारमा मन्त्रालयले सरकारी तथा सार्वजनिक जग्गाको स्वामित्व र रोक्का सम्बन्धी विषय टुंगो लगाउनु पर्नेछ।

(३) उपदफा (१) मां जुनसुकै कुरा लेखिएको भए तापनि नेपाल सरकारले उपयुक्त देखेमा नेपाल सरकारका सम्बन्धित निकाय मार्फत उपदफा (१) बमोजिमका कार्य गराउन सकिनेछ ।

(४) उपदफा (१) बमोजिम गठन हुने समिति वा कार्यदलको गठन प्रक्रिया तथा काम, कर्तव्य र अधिकार र कार्यावधि लगायतका व्यवस्था तोकिए बमोजिम हुनेछन्‌ ।